मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । मुन्धुमी आस्थाको केन्द्र धार्मिक पवित्रस्थल मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरिने भएको छ । मुक्कुमलुङमा केवलकार निर्माण जबरजस्ती प्रहरी प्रशासनको संरक्षणमा सरकारले गर्न थालेपछि आन्दोलन निरन्तर गरिरहेको संघर्षरत संगठनहरुले सिंहदरबार घेराउ कार्यक्रम आयोजना गेको हो ।

चैत्र ६ गते मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजना उक्त कार्यक्रम गरिने भएको ताङसेःपकी नेतृ सरु सिंगकले वताइन् । मुक्कुमलुङ संरक्षणका लागि मुक्कुमलुङमा नो केवलकार भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको उनले वताइन् ।

मुन्धुमी आस्थाको केन्द्र राज्यद्वारा नै अतिक्रमण भएको हुँदा सोको विरुद्ध आन्दोलन भईरहेको पहिचानवादी नेता खगेन्द्र माखिम बताउँछन् । राज्य आतंक जबसम्म रहन्छ यो आन्दोलन रोकिनेवाला नभएको उनको जिकीर रहेको छ । दलाल पुँजीवादीहरुको विरुद्ध, बर्बर दमनको विरुद्ध संघर्ष जारी राख्ने उनले बताए ।

मुक्कुमलुङ गोली काण्डको उचित छानविन गर्न, केवलकार निर्माण कर्ताका भिजिलान्तेहरुको संरक्षण राज्यले गरेको र मुक्कुमलुङ मुन्धुमीस्थलमा अपराधीकरण शैलीबाट राज्य आतंक बढेको विरुद्ध चैत्र ६ गते सिंहदरबार घेराउ गर्दै राज्यलाई सचेत गराउन लागिएको नेता माखिमले बताउनु भयो ।

मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तरदलीय संघर्ष समितिले संयुक्त रुपमा कार्यक्रमको आव्हान गर्दै काठमाडौं उपत्यकामा रहेका सबै पहिचान पक्षधर नागरिकलाई कार्यक्रममा सरिक भईदिन अपिल समेत गरेका छन् । संघर्ष समितिहरुमा विभिन्न दल र संघ संस्थाहरु आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...