तेस्रो जनआन्दोलन सडक धर्नाबाटै शुरु गर्ने चेतावानी

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिनबाट एक महिने सडक धर्ना काठमाडौं माइतीघर मण्डला फिव्यख्यमा अहिले पनि जारी रहेको छ ।

मार्च आठको अवसर पारेर तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद नेपालको आयोजनामा एक महिने तेस्रो जनआन्दोलन सडक धर्ना अपिल कार्यक्रम शुरु भएको हो ।

परिषदका संयोजक पूर्व मन्त्री गोपाल किरातीको अगुवाईमा विभिन्न देशभक्त श्रमिकहरुको सहभागिता रहेको उक्त धर्नामा विभिन्न माग राखेर धर्ना आयोजना गरिएको कार्यक्रमका अर्का नेता परिषदका महासचिव पदम अधिकारीले बताउनु भयो ।

लघुवित्त, मिटरव्याजी, सहकारी, विमा, बैंक तथा स्वार्गद्वारी गुठी पीडितलाई बाँच्न दिन सरकारसँग माग राखेको छ । यसैगरी सांस्कृतिक सम्पदाहरु मुक्कुमलुङ, बोझेनी, ढोरपाटन, ग्रामथान र नेवादी गुठी लगायत अन्य सम्पदाहरुको रक्षा गर्न सरकारसँग माग गरेको साथै जात व्यवस्थाको उन्मुलन गर्न राज्यसँग माग राखेको छ ।

यसैगरी सडक धर्ना बाट पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना गर्न सरकारसंग माग गरिएको छ भने भ्रष्टचारी शासन अन्त्य र नयाँ राष्ट्रिय एकीकरणका लागि संविधानको समाजवादी सारतत्व कार्यान्वयन गर्न समेत सरकारसँग माग गरिएको कार्यक्रमका प्रमुख तथा संंयोजक पूर्व मन्त्री किरातीले बताउनु भयो ।

कार्यक्रम चैत्र २४ गतेसम्म जारी रहने वताइएको छ । हाम्राे मागहरू राज्यले सम्बाेधन नगरे तेस्राे जनअान्दाेलनबाट सत्ता परिवर्तनकाे अभ्यास शुरू गरिने समेत संयाेजक किरातीले बताउनु भयाे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...