काेशी खारेजी र संघीय गणतन्त्र रक्षाकाे लागि एक लाख युवा तयार गर्नुपर्ने प्रस्ताव

 लिम्बुवान न्युज
                       

बेलबारी, १३ चैत्र ।  प्रदेश नं. १ काे नाम काेशी खारेजी आन्दोलनको सहिद पदमक कुमार लिम्बु सुक्वावा (लाजेहाङ)काे बेलबारीस्थित समाधीस्थलमा दाेस्राे स्मृति सभा सम्पन्न भएकाे छ ।

उक्त सभामा बाेल्दै संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव गरेका छन् । स्मृति सभामा बाल्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् ।

नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन (मिराक), प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका संयाेजक डकेन्द्रसिंह थेगिम, किरात राइ यायाेक्खाका उपाध्यक्ष तिलकप्रसाद राई, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ति तुम्बापो, जसपा नेपालका शान्ता मोक्तान, जसपाका तेजनारायण चौधरी, पहिचानवादी माेर्चाका  केदार धिमाल, अभियान समितका महासचिव रामभक्त कुरुम्बाङ, अर्जुन जम्नेली राइ लगायतले कोशी खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को योगदान र पहिचान आन्दोलनबारे विचार व्यक्त गरेका थिए । काेशी खारेजी अान्दाेलन थप शसक्त र मजबुत बनाउदै प्रदेशकाे नाम खारेज गर्ने प्रतिबद्धताका साथ लाग्ने नेताहरूले बताएका छन् ।

कार्यक्रममा सहिद लाजेहाङको आमा धनमाया लिम्बू, दिदी, छोरा विश्व लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश न. १ पुनः नामरकण संयुक्त संघर्ष समिति मोरङका सहसंयोजक डीबी कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा लाजेहाङको पक्कि समाधि स्थालमा फूलमाला चढाउनुको साथै वत्ति बालेर सम्मान जनाइएकाे थियाे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...