
काठमाडाैं, १५ चैत्र । काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ४ देखि ५ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ । देशकाे विभिन्न जिल्लाहरूबाट अाएका प्रदर्शनकारीहरूकाे संख्या तुलना गरिएकाे भन्दा कम भएकाे हाे ।
उता भृकुटीमण्डपमा आयोजित माओवादी, एकीकृत समाजवादी, विप्लव लगायतको समाजवादी मोर्चाको सभामा भने ३५ हजारको हाराहारीमा सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दिएको जानकारी अनुसार राजावादीको प्रदर्शनमा ५ हजार र समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको सहभागिता रहेको हो ।
