
दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ ।
मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् ।
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पनि यो क्षेत्रमा उम्मेदवार रहेकाले झापा-५ निर्वाचनको इपिसेन्टर बनेको हो ।

यसैगरी भुगोलले चिनेको र भुगोलमा भिजेका नेकपाका उम्मेदवार रन्जित तामाङले कमल १ बासबारीमा पहिलो मतदान गरेका छन् । उनले ओलि हराउन बालेनसङ्ग सम्झौतामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
यसैगरी बालेनले काठमाडौ र ओलिले भक्तपुरमा मतदान गरेका छन् । उनिहरु भूगोलका उम्मेदवार होइनन् !
मतपेटिकामा मतपत्र खसालेपछि मतदाताहरूले आ-आफ्नो प्रतिक्रिया दिएका छन् ।