निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार झापा क्षेत्र नं. १ को मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ । झापा क्षेत्र नं. २ को मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ।
यस्तै झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने, झापा क्षेत्र नं। ५ को मतगणना दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक कृषि केन्द्रमा हुनेछ ।





