दलित मुक्ति मञ्चको सभा स्थगित

 लिम्बुवान न्युज
                       

इटहरी। संघीय दलित मुक्ति मञ्च, नेपालले आयोजना गर्ने भनिएको आमसभा स्थगित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको मञ्चले यहि चैत्र २१ गते इटहरीमा ऐतिहासिक वृहत सभा गर्ने तयारी गरेको थियो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा पुनः दोस्रो लहरमा कोभिड–१९ फैलिन थालेपछि नेपाल सरकारले पनि सबै प्रदेशहरुमा सभा सम्मेलन गर्न बन्देज गरेसँगै सभा स्थगित गर्नु परेको हो ।

जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरु मार्फत सूचना, माइकिङ्द्वारा जनतालाई सुरक्षित रहन अपिल गरेसँगै ठूलठूला कार्यक्रमहरु गर्न समेत रोक लगाएपछि वृहत रुपमा तयारी गरिएको दलित मञ्चको कार्यक्रम हाललाई स्थागित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तेह्र प्रतिशत भन्दा धेरै दलितहरु राजनीतिक रुपमा शसक्त उठ्न नसकेको भन्दै राजनैतिक लडाई लढ्न र सिंहदरबारमा दलित समुदायलाई उल्लेख्य रुपमा प्रवेश गराउने लडाई लढिरेहका दलित मुक्तिको अन्तिम विकल्प भनेकै गैरभौगोलिक प्रान्त स्थापना गर्ने लक्ष्य रहेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी विज्ञप्तिमा संघीय मञ्चको १०+१ प्रान्तीय अवधारणा अन्तर्गत दलित समुदायको मागलाई राज्यले सम्बोधन गर्नु पर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...