फाकफोकथुम अध्यक्ष कप फूटबल आजबाट शुरु, सोह्र टिम सहभागी

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुम ४ लिम्बुगाउँमा आजबाट अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु हुने भएको छ । आजबाट बैशाख १ गतेसम्म खेल हुने उक्त प्रतियोगितामा १६ टिम सहभागी भएको आयोजिक फुङ्वा यूवा क्लवका अध्यक्ष फुर्सद लिम्बुले बताएका छन् ।

१ लाख पुरस्कार राशीको उक्त फूटबल प्रतियोगितामा दोस्रो पुरस्कार राशी ५० हजार रहेको छ । उक्त प्रतियोगितामा आयोजक टिम सहित चौवन्दी युवा क्लव एकतप्पा, ब्लक स्टार फाकतेप, बरभञ्ज्याङ युथ क्लव, देउमान नगरपालिका, महाभारा एफ सी कुरुम्बा, सिरिजङ्गा युथ क्लव आमचोक, रानावारी युवा क्लव आमचोक, एन टि सी फुएतप्पा, मिरमिरे फूटबल क्वल जीतपुर, लुम्दे एफ.सी., राइजिङ स्पोर्टिङ क्लब रविबजार, के.एफ.सी. लुङसुङदाङ, आङ्ना पाँचथर, माङसेबुङ–१, गजरमुखी र योङ व्इज क्लव साखेजङ नेपालटार रहेका छन् ।

उक्त अध्यक्ष कपमा प्रथम र दोस्रो हुने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपर, डिफेन्स र मिडफिल्डरले ट्रफी पाउने उक्त खेलका आयोजक एवं सामाजिक अभियन्ता दिपक योङहाङ्ले बताए ।

आज (आइतबार) फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने जनाइएको छ । आज उद्घाटन खेलमा आयोजक फुङ्वा युवा क्लव विरुद्ध चौबन्दी युवा क्लव बिच हुनेछ भने दोस्रो खेल ब्लक स्टार विरुद्ध ब्राइट स्टार बिच हुने बताइएको छ ।

२०७८ वैशाख १ गते नयाँ बर्षको दिन फाइनल खेलसँगै खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...