फाकफोकथुम अध्यक्ष कपमा आयोजकसँगै एनएसटी र ब्लक स्टार दोस्रो चरणमा

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुममा आयोजित अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । गत शुक्रबारदेखि संचालन भएको खेलमा पहिलो खेल आयोजक फूङ्वा युवा क्लवले जितेको थियो । चाैवन्दी युवा क्लव एकतप्पालाइ ३ का विरूद ० गाेल अन्तरले  पराजित गरेकाे हाे ।

शनिबार सम्पन्न दुईवटा खेलहरुमा एन एस टी तालखर्कले रानीबारी युवा क्लब आमचोकलाई २ का विरुद्ध ६ गोलले विजयी भएको छ । त्यसरी नै ब्राइट स्टार फाक्तेपलाई हराउँदै ब्लक स्टार कोलबोटे पनि दोस्रो चरणमा प्रवेश गरेको छ । कोलबोटेले २ गोल गरेको थियो भने फाक्तेपले गोल लगाउन सकेन ।

आज लुम्दे एफ सी को विरुद्ध राइजिङ स्पोर्टिङ क्लब र बरभञ्ज्याङ फूटबल क्लवको विरुद्ध महाभारा एफसी कुरुम्बा बिच खेल हुने आयोजक दिपक योङहाङले बताए ।

नयाँ बर्षको अवसरमा आयोजित अध्यक्ष कप फूटबल खेल वैशाख १ गतेका दिन फाइनल खेलसँगै समापन हुने छ । उक्त खेलमा प्रथम हुनेले नगद १ लाख हात पार्ने छ भने दोस्रो हुनेले ५० हजारमा चित्त बुझाउनु पर्ने खेल संयोजक फुर्सद लिम्बुले बताए ।
यस अध्यक्ष कप फूटबल प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...