लिम्बुवानद्वारा क्रियासिल सदस्यता वितरण शिविर संचालन

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च नेपालले क्रियासिल सदस्यता वितरण शिविर संचालन गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध लिम्बुवान मञ्चले मोरङको पथरीशनिश्चरे नगरमा शिविर संचालन गरेको हो ।

सोमबार मञ्चका १ सय सक्रिय कार्यकर्ताहरुलाई पथरीको सिरिजङ्गा धार्मिक बनमा क्रियासिल सदस्यता वितरण गर्दै शिविर संचालन भएको मञ्चका संचार विभाग प्रमुख दिल कुमार लावतीले बताए ।

मञ्चले लिम्बुवानमा आगामी महाधिवेशनसम्ममा कम्तिमा ५० हजार क्रियाशिल सदस्य बनाउने जनाएको छ । त्यसैगरी अन्य १० वटा प्रान्तीय मञ्चहरुले पनि कम्तिमा २ लाखको हाराहारीमा क्रियासिल सदस्य बनाउने मञ्चले अभियान शुरु गरेको जनाएको छ ।

पहिचान र लिम्बुवानप्राप्तिको आन्दोलनलाई सदासयता सहयोग गरिरहनु हुने महानुभावहरुलाई उचित ठाउँहरुमा गएर शिविर नै संचालन गरेर क्रियासिल वितरणलाई तिब्र पार्ने मञ्चले आन्तरिक गृहकार्य गरेसँगै आजबाट शुरु गरिएको मञ्चका प्रान्तीय महासचिव शान्ता योङ्हाङले बताइन् ।

क्रियासिल वितरण कार्यक्रम लिम्बुवान मञ्च जिल्ला कार्य समिति मोरङको समन्वयमा वितरण गरिएको हो । क्रियासिल सदस्यता वितरणलाई नौ जिल्लाको सबै स्थानीय पालिकाहरुमा गएर यसरी नै निरन्तर वितरण कार्यलाई तिव्र पार्ने एक कार्यदल नै मञ्चले बनाएको योङहाङले बताएकी छन् । विगत बर्षमा पनि मञ्चले यो प्रकारको कार्यक्रम अघि बढाएको थियो ।

ठूला राजनीतिक दलहरुको भन्दा अलिकति फरक शैलीमा मञ्चले क्रियासिल सदस्य वितरणलाई खुल्ला गरेको हुँदा मञ्चका आकर्षण बढेको नवनिर्वाचित पथरी नगर अध्यक्ष छत्र कुरुम्फङ्ले बताए । मञ्चले १०+१ को अवधारणा अनुसार आ–आफ्नो प्रान्तले आ–आफ्नै प्रान्तको क्रियासिल सदस्यता प्रदान गरिने त्यसको सबै मनिटरिङ्ग संघीय मञ्चले गर्ने गरि खुल्लारुपले वितरण गर्ने प्रणाली ल्याएकोमा सहज भएको उनले बताए । अध्यक्ष कुरुम्फङले अब सबै वार्डहरुमा क्रमशः सदस्यता वितरण तिव्र पारेर कम्तिमा ५ हजार सक्रिय सदस्य नगरमा बनाउने बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...