फाकफोकथुम अध्यक्ष कप आयोजकको पोल्टामा

 लिम्बुवान न्युज
                       

फाकफोकथुम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक फूङवा यूवा क्लबको पोल्टामा गएको छ । नयाँ बर्षको अवसरमा फाकफोकथुम ४ लिम्बु गाउँमा संचालन भएको खेल गत चैत्र २० गतेबाट संचालन भएको हो ।

विभिन्न गाउँपालिकाका १६ वटा क्लबहरु सहभागी भएको उक्त खेल फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको हो । फाइनल खेल फूङवा यूवा क्लब र योङ बइज एफसी नेपालटार बिच निक्कै नै प्रतिस्पर्धात्मक रुपमा भएको थियो ।

आयोजक टिमका रुपेन लिम्बुको एक मात्र गोल निर्णयक बन्दै आयोजकले बाजी मारेको हो । खेलको पहिलो हाफको ३२औं मिनेटमा डिबक्सको बाहिरबाट प्रहार गरेको बलले जाली चुम्दै गोलमा परिणत भएको थियो । खेलको दोस्रो हाफ निक्कै नै प्रतिस्पध पुरै योङ वइजले नियन्त्रणमा राखेता पनि पटकपटक आक्रमक गोल पोष्टमा प्रहार गरेतापनि आयोजक टिमका गोलकिपरले गोल लाग्नबाट बचाएका थिए । इन्जुरी समयमा पनि आक्रमण रुपमा प्रस्तुत भएको योङ बइजले अन्तत दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका थिए । अन्ततः आयोजक टिमले खेल १–० अन्तरले आफ्नो हातमा पारेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठले फोकफोकथुमलाई खेलमय बनाउन आफु तत्पर रहेको र प्रतिबद्ध रहेको भन्दै प्रक्रिया पुराएर गाउँपालिकामा प्रपोजल पेश गरे सबै वार्डहरुमा फूटबल, भलिबल, ब्याटमेन्टन लगायतका खेलहरुलाई स्तरीकरण गर्न बताए ।

प्रमुख अतिथिबाट विजेता टिमलाई नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उपविजेता टिमलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र खेलाडीहरुलाई प्रदान गरिएको थियो ।

बुधबार साँझ नयाँ बर्ष सांगीतिक कार्यक्रम समेत आयोजक फूङवा युवा क्लबले आयोजना गरेको छ । काठमाडौंको युवा एण्ड द बेण्डले फाकफोकथुममा पहिलो पल्ट लाइभ कन्सर्ट गरेको आयोजक प्रमुख दिपक लिम्बुले बताए । साँझको सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुत रहेको थियो ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...