माङसेबुङ् २ र ३ को विजयी यात्रासँगै वडास्तरीय फूटबल प्रतियोगिता शुरु

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङमा जारी अन्तर वडास्तरीय पुरूष फुटबल प्रतियोगितामा वडा नं. ३ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको वडा नं. ३ ले दोस्रो हाफको अन्त्य तिर विपक्षीको डेरिया नजिक पाएको फ्रिकिकलाई जर्सी नं. ९ का मनु नेम्बाङले गोल गर्दै टिमलाई जित दिलाएका थिए । खेलको म्यानअफ दि म्याच वडा नं. ३ का मनु नेम्बाङ घोषित भएका थिए ।

त्यस्तै शनिबार भएको महिला तर्फको पहिलो खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. २ विजयी भएको छ । खेल समयमा १–१ गोल गरि नतिजा बराबरी बनेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समेत गोल बराबरी बने पछि सडेनडेथमा वडा नं. २ ले जित हात पारेको हो ।

माङसेबुङ खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फेका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । खेल पुरुष र महिला दुवै विधाको एकै साथ संचालन गरिएको सचिव सम्बाहाम्फेले बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने ग्रामिण भेगमा पनि स्थानिय युवाहरूलाई जिल्ला तथा राष्ट्रिय स्तरसम्मको खेलाडि उत्पादन गर्ने योजनाका साथ खेलकुद क्षेत्रमा लगानी गरिरहेको बताए ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा वडास्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्दै आएको माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

बैशाख ८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन कार्यक्रम माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...