झापा/ झापाको कमल ५ मा सुविधासम्पन्न रिभर भ्यु हेरिटेज एण्ड रिसोर्ट वैशाख १ बाट औपचारिक रुपमा संचालनमा आएको छ । दमकका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा सो रिसोर्ट संचालनमा ल्याएका हुन् ।
संचालक रूद्र कार्की
दमकसंगै जोडिएको कमल ५ स्थित रतुवापुल पूर्व हाइवेसँगै जोडिएको उक्त रिसोर्ट उद्घाटन कार्यक्रम नयाँ बर्षको दिन देखि एक हप्ता संचालन भएको संचालक कार्कीले बताए । उनले उद्घाटन कार्यक्रममा चर्चित कलाकारहरु मेलिना राई, इन्दीरा जोशी र प्रमोद खरेललाई समेत सांगीतिक कार्यक्रममा उभ्याएका छन् । वैशाख १ गते इन्दीरा जोशी, वैशाख ३ गते मेलिना र ७ गते अन्तिम दिन द भोइस अफ नेपालका जज प्रमोद खरेलले प्रस्तुति दिएका थिए । पूर्वकै चर्चित आरजे भूमिका सुब्बाले कार्यक्रम संचालन गरेकि छन् ।
त्यस क्षेत्रमा करिब अढाई बिगाहा क्षेत्रफलसहित करिब ५० करोड रुपैयाँको लगानीमा रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट सञ्चालनमा आएको हो । एक बर्ष लामो कोभिड–१९ को कारण लकडाउनमा थलिए पनि हालसम्म कुनै बैंकहरुबाट ऋण नलिई आफ्नै खर्चमा निर्माण भएको हुँदा ढिलै भए पनि संचालनमा ल्याएको कार्की बताउँछन् । करिब १ लाख वियरको बोलतले बनेको बोतल हाउस, वच्चाहरुको निमित्त खेल्ने सामाग्रीका, बृद्धवृदासम्मले मज्जा लिन सक्ने पार्कको निर्माण भएको छ भने विभिन्न पार्टी सेमिनार समेत गर्न मिल्ने हलको समेत व्यवास्थापन भईरहेको साथै स्वीमिङ् लगायत पनि निर्माण अन्तिम चरणमा पुगेको संचालकले जनाएका छन् ।
वातावरण मैत्री बनेको बोतल हाउसबाट मनोरम दृश्यावलोकन गर्दै र स्वास्थ्यवद्र्धक खानाहरुको स्वागत चाख्न पाइने वताइएको छ । त्यस्तै आकर्षक झरना, नेपाली मौलिकता झल्किने र आधुनिक मनोरञ्जनका साधनहरु रिसोर्टमा थप आकर्षणका रुपमा रहेका छन । करिब १ लाखले अवलोकन गरेको रिसोर्टको उद्घाटनसँगै आवतजावत दिनदिनै बढ्दै गएको संचालक कार्कीले बताएका छन् ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...