इलाममा याक्थुङ शिक्षक मञ्च गठन

 लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाई मंगलबारे बजारमा याक्थुङ शिक्षक मञ्च गठन भएको छ । लिम्बू शिक्षकहरुको ऐतिहासिक प्रथम भेलाबाट बाई बी योङहाङको अध्यक्षतामा ३५ सदस्यीय याक्थुङ शिक्षक मञ्च तदर्थ समिति गठन गरेको हो ।

आज (शनिबार) भएको भेलाले समितिको उपाध्यक्षहरुमा तिलबिक्रम सुब्बा र हर्कमाया लिम्बू चयन भएका छन् । सचिवमा सुरेश योङहाङ, सहसचिवमा बोलकुमारी लिम्बु र कोषाध्यक्षमा काजीमान एक्तेन चुनिएका छन् ।

यसैगरी समितिका सदस्यहरुमा हरि आङदेम्बे, सुनिल योङहाङ, याम बहादुर लिम्बू, कल्पना लिङदेन (माङसेबुङ), प्रेम राज फियाक, प्रेमराज जवेगु, पम्फा देवी एक्तेन, राजकुमार थेवे, सुर्य प्रसाद थेवे, धन बहादुर फियाक, रिमा माखिम, गोविन्द योङहाङ, जगत योङहाङ, सागर लिम्बु, खेमराज आङ्बो, मिशाल लिम्बू, राम एक्तेन, सुोविन्द्र आङदेम्बे, भिम लिम्बू, सन्त कुमार आङदेम्बे, नुुमा लोक्ताम, शर्मिला लिम्बू, आइतराज थेबे, याम बहादुर साउदेन, लाख बहादुर लिम्बू, भिम कुमारी लिम्बू, मखान सिङ लिम्बु लगायत रहेका छन् ।

ऐतिहासिक प्रथम भेलालाई प्रमुख अतिथि देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले सम्बोधन गरेका थिए । भेला आयोजक समितिका संयोजक वाई बी योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सुरेश योङहाङको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका साथै अन्य अतिथि सेवानिवृत्त वरिष्ठ शिक्षक सि बी योङहाङ, योङहाङ समाज इलामका अध्यक्ष पञ्च योङहाङ लगायतले मन्तव्य रहेका थिए । कार्यक्रमलाई स्वागत मन्तव्य शिक्षक प्रेमराज फियाकले राखेका थिए ।

मञ्चको विधान लगायतका आवश्यक कागजातको संयोजन गरि वैधानिक संस्था दर्ता र अधिवेशन चाँडै सम्पन्न गर्ने नवगठित संयोजक योङहाङले बताएका छन् । मञ्चले शिक्षकहरुको ट्रेड युनियन अधिकार, पेशागत ज्ञान, सीप, चेतनाको विकास गर्न, गुणस्तरीय शिक्षाको लागि शैक्षिक वातावरणलाई विशुद्ध सिर्जनात्मक तुल्याउन प्रयत्नशील रहने, शिक्षासम्बन्धी सवंैधानिक हक, अधिकार प्राप्तिको लागि सदैव क्रियाशिल रहिरहने, उद्देश्य राखेको छ ।

त्यस्तै त्रैभाषिक शिक्षा नीति लागू गर्नको लागि पहल गर्ने, सम्पूर्ण लिम्बू शिक्षकहरुको शैक्षिक, बौद्धिक, नैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि निरन्तर प्रयत्नशिल रहने, शिक्षाको पहुँच गुणस्तर निर्माण र कुशल व्यवस्थापनको लागि शिक्षक र स्थानीय समुदायसँग सहकार्य गर्ने, मानवअधिकार एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता संस्कृतिको स्थापना संरक्षण र संम्बर्द्धन गर्न प्रतिवद्ध रहने, लिम्बू समुदायको आर्थिक सामाजिक, भाषिक, धार्मिक लगायत सम्पूर्ण पक्षको विकास गर्न लिम्बुजन्य संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, लिम्बु पत्रकार मञ्च लगायत लिम्बूजन्य संघ संस्थासँग सहकार्य समन्वय गर्दै अघि बढ्ने रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...