जसपा लुम्बिनी प्रदेशका चार सांसद भए पदमुक्त

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना लुम्बिनी प्रदेश सभाका सांसदको पदमुक्त भएको छ ।

बिहीबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको निर्देशन विरुद्ध मतदान गरेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् । प्रदेशसभा सचिवालयले निकालेको सूचनामा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको व्यहोरा उल्लेख छ ।

गत ६ वैशाख गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । तर प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरु चारै जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।

जसपा पार्टी स्रोतले पार्टीको नीति र संसदीय दलको निर्देशन विपरित कार्य गरेकाले चारै जना सांसदलाई पद र पार्टीबाट समेत निष्कासन गरिसकिएको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...