बिहिबार, १६ बैशाख, २०७८ रातीको ०८:५४ बजे,
लिम्बुवान न्युज
ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो ।
याक्तेलीमा राम थाङदेनको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । समितिमा सचिव देउमान ओख्राबु, अर्थसचिव हरिराम ओख्राबु त्यसैगरी सदस्यहरुमा दल बहादुर चोङबाङ क्याक, श्याम बहादुर चोङबाङ क्याक, बुद्धिराज याक्खा, सन्तोष चोङबाङ क्याक, विजय चोङबाङ क्याक, मनुहाङ याक्खा, पूर्णसिंह चोङबाङ क्याक र राजेन्द्र ओख्राबु रहेका छन् । उपाध्यक्ष लगायतका पदाधिकारीहरु पछि थप गर्ने बताइएको छ ।
यस्तै गरी लिम्बुवान भोलेन्टियर्स याक्तेली टोल कमाण्डको संयोजकमा सुधिर ओख्राबु चुनिएका छन् भने सहसंयोजकमा विजय ओख्राबु रहेका छन् । सदस्यहरुमा मंगलसिंह थाङदेन, उजिर थाङदेन, विजय चोङबाङ, रबि थाङदेन, सोमप्रसाद चोङबाङ, राम थाङदेन, विनोद थाङदेन र सुवास थाङदेन गरी ११ सदस्यीय एलभी कमाण्ड गठन भएको छ ।
बिहीबार (आज) भएको यस कार्यक्रममा लिम्बुवान मञ्च ताप्लेजुङ् जिल्ला उपाध्यक्ष प्रताप चोङबाङ, जिल्ला सचिव अशोक मादेनको उपस्थिति रहेको थियो । जिल्ला सचिव मादेनले साविकको थिङलाबुको नौ वटै टोलमा टोल समिति गठन गरि वडा कार्य समितिको अधिवेशन गर्ने बताए ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...