उर्लाबारीमा धिमाल फूड फेस्टिवल हुँदै

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १८ चैत । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा भोलि शनिवार धिमाल फुड फेष्टिबल–२०७८ हुँदैछ ।
“संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसको अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्दनका लागि त्यहाँको धिमाल परियोजनास्थल मंगलबारेमा फूड फेष्टिबल गर्न लागेको हो ।
धिमाल फुड फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईने कार्यक्रम संयोजक अम्बरबहादुर धिमालले जानकारी दिए । चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको सचिवालय सदस्य तथा प्रचारप्रसार संयोजक अजितकुमार धिमालले जानकारी दिए ।
चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ । खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ । माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोहि चामलको पिठोबाट पातमा बेरेर पानीमा राखेर उमालेर पकाउने गरिएको छ ।
धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवर्दन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन् । धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाई छ । कार्यक्रमलाई संगीतमय बनाउन विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदेश न. १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता रहने केन्द्रका महासचिव मात्रिका धिमालले बताए ।
झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको उर्लाबारी, पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...