तेह्रथुम,६ बैशाख/ गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको यस गीतको म्यूजिक भिडियो राजधानी स्थित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन् ।
बिगत लामो समय देखी हङकङमा कार्यरत लिम्बुले हालै ‘चोःलुङ पार्क’ बोलको म्यूजिक भिडियो खेलेका छन् । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गीतबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन् । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियोमा कलाकार सोना लिम्बुलाई त्रिभुवनको जोडिको रुपमा देख्न पाईन्छ ।
तरुण युवायुवतीको पहिलो भेट मायामा प्ररिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए । थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती, बिष्णु मोक्तान, टीआर सेनेहाङ, रविकिरण लिम्बु, फिपराज थुलुङ, रितुराज लिम्बु, दुर्गा तेयुङ लगायत छन् । भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन् ।
दिनेश माङमुको सहायक निर्देशन साथै कृष्ण सुवेदीको श्रृङगार रहेको यो भिडियो तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...