याक्थुङ प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पुनः हाङ्वासाङ याक्थुङबा नै निर्वाचित

 लिम्बुवान न्युज
                       

११ बैशाख २०७९ आइतबार/ पाँचथर– याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार जबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ ।

प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो निर्वाचित भएका छन् । प्राज्ञ सदस्यहरुमा तिलबिक्रम नेम्बाङ (भित्रागी काइँला), भवानी तावा, डिक लाओती, ललीतचन्द्र फियाक, लाल अञ्जान सम्बाहाम्फे, खड्गनारायण आङदेम्बे, शेर बहादुर योङहाङ, सागर केरुङ, रबिन कुरुम्बाङ, सन्देश सुब्बा (इङ्वा), निशा लोवा निशुम, इन्दु फोम्बो र कमला आङ्देम्बे निर्वाचित भएका छन् । त्यस्तै बिषयबिशेषज्ञ संयोजक आङ्बुहाङ अबोध अविरल, बिषयबिशेषज्ञ सदस्य साम्जिरी शेर्मा र श्याम तुफान निर्वाचित भएका छन् ।

अधिवेशन सम्पन्न भएपछि नयाँ कार्य समितिको पहिलो बैठक शनिबार नै सम्पन्न भयो । बैठकले प्रतिष्ठानको बिधान अनुसार निर्वाचित प्राज्ञ सदस्यमध्येबाट प्राज्ञ सचिवमा डिक लाओती, प्राज्ञ सह–सचिवमा सन्देश सुब्बा (इङ्वा) र प्राज्ञ कोषाध्यक्षमा निशा लोवा निशुमलाई मनोनित गरेको कूलपति जबेगुले बताए । कार्य समितिको आगामी बैठकले थप बिषयबिशेषज्ञहरुलाई मनोनित गर्ने बताइएको छ ।

बैरागी काइँला सहित चार साधक सम्मानित

प्रतिष्ठानको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, नेपाली कविता जगतका शिखर व्यक्तित्व, याक्थुङ (लिम्बू) जातिको साहित्य, संस्कृति र मुन्धुमका खोजकर्ता बैरागी काइँला सहित चार साधकलाई सम्मान गरिएको छ ।

काइँलालाई १० तोला चाँदीबाट निर्मित मेडल सहित यम्बुगेन सम्मान द्वारा सम्मान गरिएको हो । त्यस्तै प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगु र देबेन्द्र जबेगुले स्थापना गरेको ताम्रपत्र सहित नगद १५ हजार रुपैंयाँ राशीको बमजय स्मृति साहित्य पुरस्कारबाट बीर नेम्बाङ पुरस्कृत भएका छन् ।

सेसेमी से–नाल्बो र इक्सा सम्बाहाम्फेले स्थापना गरेको नाल्बो पत्रकारिता पुरस्कारबाट अमर तुम्याहाङ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी ताम्रपत्र सहित नगद २० हजार रुपैंयाँ रहेको छ ।

त्यस्तै मलिसा याक्थुङबा द्वारा स्थापित सुवाश फेजोङ/सुवमाया मेयोङबा नवोदीत पुरस्कारबाट राज कुमार आङदेम्बे पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी सम्मान–पत्र सहित नगद ५ हजार रुपैंयाँ रहेको छ ।

सम्मानित तथा पुरस्कृत सबै साधकलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नेम्बाङले भाषा, साहित्यको बिकासका लागि निजी स्तरबाट भएका कार्य सराहनीय भएको बताए । लिम्बू भाषा, साहित्यको उठानका लागि आफ्नाे ठाउँबाट सहयोग गर्ने नेम्बाङको भनाई थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती, याक्थुङ लेखक संघका केन्द्रीय महासचिव मधुराज केरुङ लगायतले पनि बिचार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...