नेपाली चलचित्र कबड्डी चौथोले रिलिज अघि नै लगानी गर्‍यो सुरक्षित

 लिम्बुवान न्युज
                       

काठमाडौं, १६ वैशाख । दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ ।

बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ ।

निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको बताए । उनका अनुसार जेठ १३ गते नेपालसहित ती मुलुकमा एकसाथ फिल्म प्रदर्शन हुनेछ ।

‘विदेश बिक्रीबापत प्राप्त दुई करोड र डिजिटल राइटसहित हामीले लगानी सुरक्षित गरेका छौं,’ निर्माता पोखरेलले भने, ‘अब हामीलाई नेपाल प्रदर्शनमा सजिलो पनि भएको छ ।’

निर्माता पोखरेलका अनुसार फिल्मका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । राइट बिक्री भइसकेका विदेशी मुलुकमा नेपालसँगै फिल्म रिलिज हुने जानकारी पनि उनले दिए ।

अष्ट्रेलिया र बेलायतमा उच्च मूल्यमा राइट बिक्री भएको छ । रिलिज अगाडि नै ‘कबड्डी ४’को यो डायस्पोरा व्यापारलाई कोरोना महामारीले प्रभावित फिल्मको विदेशी बजार लयमा फर्किएको रुपमा हेरिएको छ ।

‘विदेशी बजार अब सामान्य हुँदै गएको देखिन्छ । कबड्डीको व्यापारले अन्य फिल्मलाई पनि हौसला दिन्छ,’ पोखरेलले भने । भारतमा चाहिं नेपाल रिलिजको एक सातापछि मात्र फिल्म प्रदर्शन गर्ने तयारी छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ लगायतको अभिनय छ । यसपटक सिक्वेलको नाम ‘कबड्डी ४ः द फाइनल’ म्याच राखिएको छ । फिल्मको सिक्वेल अन्तिम हुन्छ वा हुँदैन, केही खुलाइएको छैन ।

गत महिना रिलिज भएको गीत ‘केसरी’ अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा हिट पनि भइरहेको छ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...