नयाँ बुलन्द छैटौं बर्षमा प्रवेश

 लिम्बुवान न्युज
                       

लिख, १७ वैशाख। बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम छैटौं बर्षमा प्रवेश भएकाे छ । साेही अवसर पारेर शनिबार बुलन्दले छैठाैं बार्षिक उत्सव मनाएकाे छ।  उक्त वार्षिक उत्सवको अवसरमा इलामका पत्रकार बालकृष्ण बस्नेत सम्मानित भएका छन् ।

बस्नेतलाई बिहीबार इलाम सदरमुकाममा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुङ्गानाले सम्मानपत्र प्रदान गरे ।

बस्नेतले ग्रामीण क्षेत्रमा रहेर समेत पत्रकारिताका माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडका संचालक एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए ।

बुलन्द मल्टिटेक्निकल मिडियाले आफ्नो वार्षिक उत्सवको अवसरमा बर्सेनि एक जना उदयीमान पत्रकारलाई सम्मान गर्दै आएको छ । यसअघि प्रकाश नेपाल र युद्धबहादुर बोहोरा सम्मानित भईसकेका छन् ।

बस्नेत विगत ५ वर्षदेखि ग्रामीण पत्रकारितामा क्रियाशील छन् । बस्नेत नयाँ बुलन्दसँगै इलामबाट संचालित रेडियो नेपालबाणी एफएममा समेत आवद्ध छन् । उनी नेपाल पत्रकार महासंघ इलामका कार्यसमिति सदस्य समेत हुन् ।

वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०७९ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष ढुङ्गानासहित उपस्थित जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले विभिन्न चुनौतीको बाबजुत लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरे । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।

साथै पछिल्लो नागरिकको सूचनाको पहिलो श्रोतको रुपमा अनलाइन सञ्चारमाध्यम बन्दै गएको उल्लेख गर्दै वक्ताहरुले सूचना र प्रविधिको विकास र विस्तासँगै क्षणभरमा कुनैपनि सूचना विश्वमा प्रवाह गर्न नयाँ बुलन्दको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रदेश उपाध्यक्ष ढुङ्गानासहित नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारीका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियनका सचिव टीका खतिवडा, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष रमेश पराजुली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष याम माबोहाङ, फोटो पत्रकार महासंघका अध्यक्ष राजेश पराजुली, इलाम पोष्ट दैनिकका ख्याम भुजेल, चियाबारी एफएमका बिक्रम सुन्दास, सन्दकपुर अनलाइनका भगीरथ भण्डारी, नेपाल टेलिभिजनका विजयशेखर भट्टराईले मन्तव्य राखेका थिए ।

नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक युद्धबहादुर बोहोराले गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...