पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

 लिम्बुवान न्युज
                       

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ ।
यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच किलो मिटर ¥यालीपछि वृहत चुनावी सभा गरेका छन् ।
किरात धर्म गुरु आत्मानन्द लिङल्देनको आश्राम नजिकैबाट सुरु भएको ¥याली रिङरोड पुरै परिक्रमा गर्दै सोही स्थालमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीको उद्घाटन किरात धर्म गुरु आत्मानन्द लिङ्देनबाट भएको थियो ।
सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले आफू नेपाली जनताको सुःख, शान्ति चाहने एमाले, कांग्रेस, रास्वपाको पनि साझा उमेद्वार भएको दाबी गरे ।


इलाम—२ मै ३ दशक अघिदेखि शिक्षा, सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा इमानको साथ काम गरेको कारण एमाले, कांग्रेस भित्रका नेता, कार्यकर्ताहरुले पनि गोप्य रुपमा मतदान गर्ने भनिरहकोले आफू जित्ने निश्चित भएको बताए ।
थेगिमले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, माङ्सेबुङ रिङरोडलाई आत्मनन्द लिङ्देन नामकरण गर्ने, किरात विश्व विद्यालय स्थापनाको लागि पहल गर्ने बताएका छन् ।


आफू स्वतन्त्र भएको हुनाले देशमा क्यान्सरको रुपमा बढ्दै गएको भ्रष्ट्राचार, कमिसन र अनियमिता विरद्ध कार्यकालभरी सडक, सदनबाट भण्डाफोर गरेर जनता माझ नङ्ग्याउन लाग्ने, मजदुर, किसान, युवा, विद्यार्थी जेष्ठ नागरिक तथा समावेशी, समानुपातिक राज्य व्यावस्था कार्यान्वयन गर्न लाग्ने उमेद्वार थेगिमले बताए ।
कार्यक्रममा किरात राई यायोक्खा महासचिव भीम राईले डकेन्द्रसिंह थेगिम लिम्बू राई, लिम्बू, मगर, गुरुङ, तामाङ, नेवार, दलित, मधेशी, क्षेत्री, बाहुनको पनि साझा उमेद्वार भएको बताए । राई समुदायको साझा संस्था यायोक्खाले संस्थागत रुपमै साझा स्वतन्त्र उमेद्वार थेगिमलाई भोट लगाउन सर्कुलर भएकोले ढुक्क भएर मुढामा भोट लगाउन आव्हान गरे ।
कार्यक्रममा अमेरिकाको मिचिगन विश्व विद्यालयका प्रध्यापक डा। महेन्द्र लावती, किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा। कमल तिगेला, नेपाल आदिबासी जनजाति महासंघका पूर्ब उपाध्यक्ष गोबिन्द छन्त्याल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, नाउपाका पदम अधिकारी, साझा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी लगायतले साझा स्वतन्त्र उमेद्गवार थेगिमको लागि मुढामा भोट मागेका छन् ।
जसपाका केन्द्रीय सदस्य खगेन्द्र माखिमले पहिचान विरोधीहरु सत्तामा रहेको भन्दै सत्ताधारीलाई एक जुट भएर चुनौती दिने कुरा समान्य नभएको बताए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इङ्बुङले छाता, दापसहितको खुकुरी, घर, ढाकी जस्ता चुनाव चिन्ह स्थगित गरेर मुढामा आएको भन्दै संघीय संसदमा आफ्नो मुद्धा सहभागी गराउन सबैले भोट दिनुपर्ने बताए ।
कार्यक्रममा किरातल राईल यायोक्खा उपाध्यक्ष राकेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।
माङ्सेबुङ किरात धार्म मान्ने धर्मालम्बीहरुको मुख्य क्षेत्र हो । स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू यही पृष्ठभूमिबाट आएका नेता हुन् । सोमबारको सभामा करिव चार हजार समर्थकको सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीको सहमहासचिव दिलकुमार लावतीले बताए ।
राजनीतिक पार्टी नेताहरुको भ्रष्ट्राचार, कमिसन, व्यक्ति स्वार्थमा जनताले प्रत्यक्ष देख्नेगरी लागेपछि कांग्रेस, एमाले नेताहरुबाट वितृष्ण भएका जनता स्वतन्त्रको पक्षमा बढ्दै गएकाहुन् ।
कांग्रेस, एमालेका हर्कतबाट वितृष्णा भएका जनता अघिल्लो निर्वाचनमा रास्वपालाई बिकल्पको रुपमा लिनखोजे पनि रबि लामिछाने आफै सहकारी संस्थामा २ करोड ठगी काण्ड बाहिर आएपछि इलाममा मुढा चिन्हको उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूप्रति जनता आकर्षित भएको देखिएको छ । कार्यक्रममा गायिका सुनिता थेगिमले बिभिन्न गित गाएर जनतालाई मनोरञ्जन दिएका थिए । युवाहरुले मन पराएका अर्का गायक एकदेब लिम्बू पनि थेगिमको चुनाव चिन्ह मुढामा भोट माग्दै मिनि कन्सर्टमा व्यस्त छन् ।
सभामा वृहत उपस्थिति
स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा ९गुरु आश्राम० नजिक लगायतमा चुनावी सभाहरु भएको छ । यी सभाहरुमा जाति जनसहभागिता सुहाङ नेम्वाङ, डम्बर खतिवडाको कार्यक्रममा उपस्थित नदेखिएको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम एक्तेनको भनाइ छ ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...