पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

 लिम्बुवान न्युज
                       

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान गरेका हुन् ।

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।

सम्बन्धित समाचार

मतपत्र छपाइ सम्पन्नः १० दिनभित्र सबै जिल्लामा पुराउने

ललितपुर, ६ फाल्गुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको...

माङेबुङ गाउँपालिका उपाध्यक्ष नेम्बाङ जसपा त्यागेर एमालेमा प्रवेश

दमक, ६ फाल्गुन। इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारस्थित एमालेको चुनावी भेटघाट कार्यक्रममा नेम्बाङ एमाले प्रवेश गरेका...

दिलिप माखिमकाे स्वरमा रहेकाे ‘नानुरुङमा तरेमा’ गीत सार्वजनिक

दमक, ४ माघ । गायक दिलिप माखिम लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ सार्वजनिक गरिएको छ । विक्रम फागो वनेमको कथा तथा निर्देशनमा सञ्चारकर्मी तथा गितकार आन्छुमे नसानको शव्द तथा...

झापा ५ का नेकपा उम्मेदवार तामाङले भिजन-७ गरे सार्वजनिक

दमक, ४ माघ । झापा–५ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् । दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक...