दमक, ४ माघ । गायक दिलिप माखिम लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ सार्वजनिक गरिएको छ ।
विक्रम फागो वनेमको कथा तथा निर्देशनमा सञ्चारकर्मी तथा गितकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ को म्युजिक भिडियो दिलिप लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रेम, रोमान्स, ख्यालठटा र पहिलो भेटमा नै मन पराएको मेन्छ्यासँग मनमनै प्रेम गर्ने, मेखिम गर्ने, जीवन समर्पित गर्ने परिकल्पनामा डुबेको थोङबेनको रोमाञ्चक कथा प्रस्तुत गरिएको भिडियोमा गुञ्जन लावती र बिनिसा माखिमले अभिनय गरेका छन् ।
दिलहाङ सङबाङफेको सहायक छायांकन तथा कोरियोग्राफीमा र स्वागत राईको समेत कोरियोग्राफीमा संयोग राईको छायांकन तथा सम्पादन, दिलिप चाम्लिङ राईको सहायक छायांकन रहेको भिडियोमा श्रेयसी साम्बा र अमिसा थेगिम लिम्बूको मेकअप रहेको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजनमा काव्या रेकर्डिङ स्टुडियो दमकमा रेकर्ड गरिएको गितको रेकर्डिङ अशोक थापा र आइन्द्र नेम्बाङले गरेका हुन् ।
इलामको माङसेबुङ र पान्थरको मिक्लाजुङ आसापासका ऐतिहासिक तथा रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।
किरात साम्यो साक्थिमगेन पान्जुम्भोका कलाकारहरुको कोरष नृत्य रहेको भिडियोमा युमा थुलुङ राई, अप्सरा येत्तेन, बिपना येत्तेन, निस्मा योङहाङ, अप्सरा तुम्बापो, फुङहाङ लावती, नाम्साङ माखिम, लावुनहाङ केरुङ, शाहिल पराङदेन, अभिषेक राई, प्रवेश गुरुङ र विवेक मगरले समेत अभिनय गरेका छन् ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...