
तेह्रथुम, २२ चैत्र । तेह्रथुमस्थित मेयङलुङमा भएको एक भेलाले मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणको लागि समिति गठन भएको छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाका अध्यक्ष सेसेहाङ चोङबाङको संयोजकत्वमा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन भएको हो ।

बिहीबार भएको कार्यक्रमले समितिको सहसंयोजकहरुमा सुविन्द्र थेगुवा, मेघराज सम्बाहाम्फे, देवीनारायण सम्बाहाम्फे, भिमराज कन्दङवा र नारायणमान गुरुङलाई चयन गरेको छे भने यसैगरी सदस्य सचिवमा राजकुमार तेयुङलाई जिम्मेवारी दिईएको छ ।
यसरी नै समितिको सदस्यहरुमा रितुराज थेगुवा, अरुणा सिंगक, रुद्र तामाङ, कृष्ण कट्वाल, सवंय सिंजागु, ममता सावदेन, अमर निङलेकु, राम तुम्बाहाम्फे, लोकबहादुर सिंगक, दिल बहादुर सोदेम्बा, भिमेस सिंगक, केशरजंग आङबुङ र चहकमान आङबुङ रहेका छन् ।
भेलाले सल्लाहकार समितिमा तेजमान कन्दङ्वा, कपिलदेव सिंगक, वलदेव तुम्बाहाम्फेलाई चयन गरेको छ । मेयङलुङमा भएको उक्त कार्यक्रममा पहिचानवादी मोर्चाका सहसंयोजक ज्ञान बहादुर गुरुङ, केन्द्रीय कार्यालय सचिव खगेन्द्र माखिम लगायत शिर्ष नेताहरुको सहभागिता रहेको थियो । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको आस्थाको धरोहर मुक्कुमलुङ अतिक्रमणगरी केवलकार निर्माणलाई सरकारको सहयोगमा निर्माणपक्षले बलजफती शुरु गरेसँगै मुक्कुमलुङ संरक्षणको लागि विभिन्न चरणमा आन्दोलनहरु भइरहेको छ ।
मुक्कुमलुङ संरक्षण र केवलकार निर्माण रोक्न संघर्ष गर्नका निमित्त सबै जिल्लाहरुमा संघर्ष समिति गठनलाई तिब्रता दिईएको स्रोतले जनाएको छ ।