सन्देश सुब्बा लिम्बु पत्रकार संघको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २२ चैत्र । लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लप निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमस्थित लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको महाधिवेशनबाट सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नगरप्रमुख अर्जुनबाबु माबोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षहरुमा सचितानन्द लिम्बु, महिला उपाध्यक्षमा सुजता लिम्बु र महासचिवमा जीवन योङहाङ लिम्बुलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सचिवहरुमा ज्ञानु केदेम र सम्पदा लिम्बु छन् भने कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई चयन गरेको हो ।

समितिका सदस्यहरुमा विना लिम्बु, मौसमी लिम्बु, धनबहादुर लिम्बु, सिंहबहादुर लिम्बु लगायत १७ सदस्यीय कार्य समिति बनेको नव निर्वाचित अध्यक्ष सुब्बाले बताए । उनले विधान अनुसार २१ सदस्यीय समितिमा थप सदस्यहरु पछि मनोनयन गर्ने समेत बताए ।

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर मावोहाङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव हिमा चेम्जोङ, फोनिज प्रदेश नं. १ का अध्यक्ष विजयबोध लावती, निवर्तमान फोनिज अध्यक्ष सन्तवीर लामा, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ चोङबाङ, नेपाल पत्रकार महासंघ तेह्रथुम जिल्ला अध्यक्ष टिआर सेनेहाङ, लिम्बु भाषा इतिहास तथा साहित्यकार सेसेमी से नाल्बो लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

तेह्रथुमको चोत्लुङ पार्कमा भएको उक्त कार्यक्रम निवर्तमान अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...