वायु प्रदूषणले काठमाडाैंमा ठूलाे संकट उत्पन्न हुन सक्ने चिन्ताः सरकार किन माैन

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ चैत्र । वृहत् नागरिक आन्दोलनले वायु प्रदूषणको विषयमा सरकारलाई सम्झाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर बढेको प्रदूषण रोक लगाउने कामहरू तत्काल गर्न जरुरी रहेको भन्दै शनिबार एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषणका गतिविधि निरुत्साहित गर्न गराउन आग्रह गरेको हाे ।

अत्यधिक वायु प्रदूषण देखिएका क्षेत्र वरपर रहेका बढी प्रदूषणको भार थप्ने देखिएका कलकारखाना केही दिनलाई बन्द गर्ने, प्रदूषित हावा उत्सर्जनमा बढी जिम्मेवार सवारीसाधनहरुको आवागमन नियन्त्रण गर्ने, सवारीसाधनमा आवश्यकता अनुसार जोरबिजोर प्रणाली लागू गर्ने लगायतका काम गर्न वृहत् नागरिक आन्दोलनले सुझाव दिएको छ ।

वृहत् नागरिक आन्दोलनले आम नागरिकको स्वास्थ्यप्रतिको असंवेनदशीलता, अकर्मण्यता र प्रतिक्रियाहीनताप्रति आपत्ति जनाएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख पालिका र सम्बन्धित प्रदेश सरकारहरूमा कुनै हतार, कुनै जागरुकता नदेखिनु अती क्षोभ र आश्चर्यको विषय भएको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

‘अभूतपूर्व राष्ट्रिय वातावरणीय र जनस्वास्थ्य संकटका बेलामा कुम्भकर्ण निद्रामा सुत्ने छुट जनप्रतिनिधि र सरकारहरूलाई छैन र सबैलाई आआफ्ना जिम्मेवारी बहन गर्न बृहत् नागरिक आन्दोलन जोडदार आह्वान गर्दछ,’ नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस् ः

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...