शिक्षक आन्दोलन २७औं दिनमा प्रवेशः सरकारले अझै गरेन मागको सम्बोधन

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ वैशाख । नेपाल शिक्षक महासंघले आयोजना गरेको अनिश्चितकालिन शिक्षक आन्दोलन आज २७औं दिनमा प्रवेश गरेको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।
२५औ. दिनसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन २६औं दिनमा भने शिक्षक र प्रहरीबीच केहीबेर झडप भएको थियो । झडपमा पचासौं शिक्षकहरु घाइते भएका थिए ।

आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।
शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि असफल हुँदै गएको शिक्षक महासंघका पदाधिकारीहरुले जनाएका छन् ।
पञ्चायतकालीन २०२८ को शिक्षा ऐन खारेज गर्दै विभिन्न चरणमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विभिन्न बुँदागत मागहरु राख्दै देशका ७७ वटै जिल्लाबाट आएका शिक्षकहरु निरन्तर आन्दोलनरत छन् ।
आजैको संसद्मा पनि सांसदहरूले शिक्षकको मागका लागि गम्भीर हुन आग्रह गरेका छन् । त्यस्तै, संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पनि विपक्षीहरूले दर्ता गराएका छन् । शिक्षकहरुको जायज मागहरुलाई तुरुन्तै सम्बोधन गर्दै संसोधित ऐनहरुलाई चरणवद्ध संसोधन गर्दै शिक्षकहरुलाई विद्यालयमा फर्काउन अनुरोध गर्नुपर्ने जनाएका छन् ।

पूर्व प्रधानमन्त्रीद्दय माधव नेपाल र झलनाथ खनाललाइ कार्यक्रमस्थलबाट फर्काइयाे

आज शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाललाई कार्यक्रमस्थलबाट फर्काइएको स्रोतले जनाएको छ । नेताहरुलाई कार्यक्रममा सहभागि हुन नदिने शिक्षकहरुले अडान राखेपछि उनीहरु कार्यक्रम स्थलमा पुगेर फर्केका छन् । उनीहरूले कार्यक्रममा बाेल्न नपाएपनि हाम्राे यस आन्दोलनमा एक्यबद्धता रहेकाे जनाएका छन् ।

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

ललितपुर, २३ भदौ / जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थालेको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...