थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

 लिम्बुवान न्युज
                       

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् ।

काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

यस्तै १२ सय ८७ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तैगरी कोरोनाका कारण आज थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी झापामा पछिल्लो २४ घण्टामा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा बिर्तामोडमा १३, भद्रपुरमा २४, अर्जुनधारामा ८, मेचीनगर र कन्काईमा ७÷७ जना रहेका छन् । त्यस्तै गौरादहमा ४, बुद्धशान्तिमा ३ र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १÷१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेकोे छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...