प्रथम एनएसएल फूटबल प्रतियोगिताको फाइनलमा काठमाडौं र धनगढी भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) फाइनलमा प्रतिस्पर्धा हुदैछ । आज हुने पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षकहरुले उपाधि जित्ने योजनासहित मैदानमा उत्रने बताईसकेका छन् ।

धनगढी एफसी 

काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले कमीकमजोरीलाई सुधार्दै धनगढीसँग बदला लिदै उपाधि उचाल्ने बताए । काठमाडौं ‘लिग चरण र सेमिफाइनल (प्लेअफ) मा धनगढीसँग हार ब्यहोरेको थियो । तेस्रो भेटलाई बदलाको सुनौलो अवसर भएको बताउँदै प्रशिक्षक महर्जनले उपाधी घरमै जितेर राख्न मेहनत गर्ने बताए ।

काठमाडौंका मार्की तथा कप्तान नेपालका दोस्रो नम्बर गोलकिपर विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्दै उपाधी उचाल्ने हिसाबले खेल्ने बताए ।

काठमाडाैं रेजर्स एफसी

अघिल्ला दुई खेलमा विजयी धनगढीले उच्च मनोबलको साथ फाइनल खेलमा मैदान उत्रने बताएका छन् । ‘दुई भेटमा काठमाडौंलाई पराजित गरिसकेकातापनि प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधि जित्नका लागि खेल्ने धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले बताए ।

धनगढीका आईकोनिक खेलाडी तथा कप्तान नेपालका एकनम्बर गोलकिपर किरण कुमार लिम्बुले फाइनल खेल निक्कैनै प्रतिस्पर्धात्मक हुने उल्लेख गर्दै प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए । ‘तेस्रो पटक काठमाडौंसँग खेल्न पाउँदा आफू निक्कै नै उत्साहित भएको बताउँदै आइकोनिक खेलाडी लिम्बुले फाइनल निक्कै प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने विश्वासका साथ खेल्ने बताए ।

फाइनल खेल विजेताले ३५ लाख पाउने छ भने उपविजेताले १५ लाख पाउनेछन् । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले १÷१ लाख र उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रकम पाउनेछन् । पहिलो संस्करणको यो खेलमा ७ फ्रेन्चाइज टिम सहभागी भएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...