काठमाडौं रेजर्स एफसीले प्रथम एनएसएल लिग चुम्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले चुमेकोे छ । आज (शनिबार) दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि चुमेको हो ।

काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले गरेका एक मात्र गोल निर्णायक बन्दै काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ ।

यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले र पहिलो क्वालिफायरमा धनगढीले बराबरको स्थिति उल्टाउँदै काठमाडौंलाई थपसमयमा २–१ ले हराएको थियो ।

दशरथ रंगशालामा खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले धनगढीका विशाल राईबाट विश्वास श्रेष्ठले बल खोस्दै दिएको पासमा मेसोउकेले धनगढीका दुई डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट फिनिङ मार्फत गोल गरेका थिए ।

दोस्रो हाफ अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले धेरै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

प्रथम एनएसएल च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का पाएको छ भने उपविजेतामा चित्त बुझाएको धनगढीले १५ लाख रुपैयाँ पाएको छ ।

उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन, उत्कृष्ट गोलकिपर किरण चेम्जोङ धनगढी एफसी, उत्कृष्ट डिफेण्डर दिनेश राजवंशी धनगढी एफसी, उत्कृष्ट मिडफिल्डर मेसोउके ओलोमोउ काठमाडौं रेजर्स र उत्कृष्ट फरवार्ड अञ्जन विष्ट ललितपुर सिटी एफसी पाएका छन् । उत्कृष्ट विधाका सबैले जनही १÷१ लाखको पुरस्कार र ट्रफी हात पारेका छन् ।

यस्तै इमर्जीङ प्लेयर अफ्द टुर्नामेण्ट काठमाडौंका विश्वास श्रेष्ठ बनेका छन् उनले नगद ५० हजार हात परे । त्यसैगरी फेयर प्लेयर टिम बुटवल लुम्बिनी एफसीले हात पारेको छ ।

यस्तै आजको खेलको सपुर प्लेयर काठमाडौं रेजर्स एफसीका क्वारा फ्लोरेन घोषित भएका छन् उनले नगद २५ हजार हात पारेका छन् यस्तै एमर्जिङ प्लेयर अफ दि म्याजको उपाधी काठमाडौं रेजर्सका राजन गुरुङ् बनेका छन् उनले १० हजार हात पारेका छन् ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...