एजेन्सी ।१२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल गरि लिभरपुलको जित पक्का गरेका हुन् । लिभरपुलका लागि सन् १८९२ पछि १२९ बर्ष पछि गोलकिपरले निर्णायक गोल गरेका हुन् ।
घरेलु टोली वेष्ट ब्रोमसँगको सो खेलमा १५ औँ मिनेटमा रोब्सन कानुले गोल गरि घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । मोहम्मद सालहले लिभरपुलका लागि ३३ औँ मिनेटमा बराबरी गोल गरे ।
लिभरपुलको १२९ वर्षको इतिहासमा कुनै पनि गोलरक्षकले महत्वपूर्ण प्रतिस्पर्धात्मक खेलमा गोल गरेका थिएनन् । एलिसन प्रिमियर लिगमा गोल गर्ने छैटौँ गोलरक्षक बनेका छन् । र हेड मार्फत गोल गर्ने पहिलो हुन् ।
खेल लगत्तैको अन्तर्वार्तामा एलिसनले आफ्ना पितालाई सम्झिँदै भने, ‘आश छ कि उहाँ यहिँ हुनुहुन्थ्यो मेरो खेल हेर्नका लागि, उहाँले यो क्षण भगवानको साथमा सेलिब्रेट गरिरहनु भएको छ भन्ने विश्वासमा छु ।’ एलिसनका ५७ वर्षे पिताको गएको फेब्रुअरीमा ब्राजिलमा आफ्नो बिदा मनाउने घर नजिकैको बाँधमा डुबेर निधन भएको थियो ।
जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ । पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ । चौथो स्थानको चेल्सीको ६४ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ । यी दुई टिमबीच आगामी लिग खेलमा प्रतिस्पर्धा हुनेछ। जसको फाइदा लिभरपुललाई हुँदैछ ।
साेसल मिडियामा भाइरल भएकाे भिडियाे तल हेर्नुहाेस्ः
ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...
झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे । तस्वीरः सजन राई
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...
ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...