लिम्बुवानखबर। आज लमजुङ केन्द्रबिन्दु भएर भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार विहान ५ः४२ बजे ५.८ म्यानिच्यूडको भुकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा पुन दोस्रो पटक ५.३ म्याग्निच्यूडको भुकम्प गएको थियो ।
भुकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको जनाइएको छ । बुधबार बिहान गएको दुवै भुकम्पको केन्द्र लमजुङको भुलभुले हो ।
प्रारम्भिक सूचनाअनुसार लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो । थप क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।