नयाँ प्रधानमन्त्री बन्न राष्ट्रपति कार्यालयबाट दलहरुलाई आव्हान

 लिम्बुवान न्युज
                       

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातापछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ । राष्ट्रपति कार्यालयबाट एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ प्रधानमन्त्री बन्न दलहरुलाई आव्हान गरिएको हो ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले अहिलेको सरकारलाई विश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सुरु गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अनुरोध गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफुलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न २१ घण्टा समय दिएपछि अब नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...