रहेनन् स्वरका धनी जनम थुलुङ्

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। गायक तथा संगीतकार जनम थुलुङको बिहीबार राति असामयिक निधन भएको छ । दुई हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थुलुङ्को कोरोनाभाइरस संक्रमणबाट उनको निधन भएको हो ।

ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्रोतका अनुसार कोराना संक्रमित हुँदा घरमै आराम गरिरहेका उनी निकै गाह्रो भएपछि मात्र अस्पताल पुगेर आइसियुमा उपचाररत थिए ।

उनले दुई वर्षअघि मुन्दुम संस्कारमा वर्णन हुने किरातीहरुको शक्ति केन्द्र ‘खुवालुङ’सम्बन्धी एउटा गीत गाएका थिए । ‘खुवालुङ खुल खुल खुल’ बोलको उक्त गीतमा उनले नै संगीत र स्वर दिएका थिए । उनले उक्त गीत दुई हप्ताअघि मात्र पुनः आफ्नो नामको युट्युब च्यानलमा राखेका थिए ।

उक्त गीतको रचनाकार भने हाल किरात राई यायोक्खाका केन्द्रीय सदस्य तथा किरात राई लेखक संघका अध्यक्ष रहेका खुक्सङ खम्बू हुन् । जनम थुलुङ खुक्सङकै आफ्नै कान्छा भाइ हुन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं ५ रिब्जुङ महेश्वरी घर भएका उनले संगीतको माध्यमबाट भाषा संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास गरिरहेका थिए । उनले थुलुङ राईका दुई वटा एल्बम र खस नेपाली भाषाका एउटा एल्बम ल्याएका थिए ।

उनले दुई दर्जन भन्दा बढी गीतहरुमा संगीत तथा स्वर दिएका थिए । जनम थुलुङको असामयिक निधनप्रति किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले श्रदाञ्जलीसहित दुःख व्यक्त गरेका छन् ।

किरात समुदायका अग्रज तथा अभियान्ताहरुले सामाजिक सञ्जाल फेसबुकबाट समेत थुलुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको शुक्रबार बिहान नेपाली सेनाले अन्तिम संस्कार गरेको खबर छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...