आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर डेस्क । आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज राति १०ः१५ बजे इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय खेल मैदानमा नेपाल र इराक बिच मैत्रिपूर्ण खेल हुँदैछ ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिपाले विहीबार सार्वजनिक गरेको वरीयतामा नेपालभन्दा १०३औं स्थान माथि इराक ६८औं स्थानमा रहेको छ । नेपाल फिपा वरीयतामा १ सय ७१ औं स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।

नेपाल र इराकबीच यो चौंथो भेट हो । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले नेपाललाई ‘क्लिन स्विप’ गरेको छ । तीन खेलमा इराकले १६ गोल गरेको छ भने नेपालले ३ गोल मात्र फर्काउन सकेको छ ।

मुख्य प्रशिक्षक अलमुताईरीले यस पटक नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उनले १० खेलाडीलाई मात्रै टिममा लिएका छन् । उनले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिएका छन् ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि स्थलमार्ग हुँदै कुवेत जानेछन् । २३ खेलाडी सहित ३६ सदस्यीय नेपाली टोली बुधबार नै इराक पुगेका हुन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...