खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

 लिम्बुवान न्युज
                       

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले जनाएका छन् ।

प्रतियोगितामा पाँचथरका मचिन्द्र लोवा (सेमी) प्रथम भएका थिए उनले नगद १ लाख १०५ रुपैयाँ हात पारेका छन् । त्यसैगरी द्वित्तीय पुरस्कार जित्दै इलाम माङसेबुङका मनिभक्त राईले ५० हजार १०५ रुपैयाँ पाएका छन् भने इलामकै सुर्योदय नगरपालिका १ का अन्जिला अर्पणा थामीले २५ हजार १०५ रुपैयाँ र झापा दमकका अवि चेम्जोङले सान्तवना पुरस्कार १० हजार १०५ रुँपैयाँ हात पारेका छन् ।

५६ वटा कविताहरु मध्येबाट दोस्रो चरणमा १६ वटा कविता छनौट गरी सोही कविताहरु मध्येबाट पब्लिक च्वाइस र जजहरुको मूल्याङकनको आधारमा विजेताहरुको छनौट गरिएको थियो ।

पुरस्कार वितारण कार्यक्रममा प्रमुख अतिथि संघीय लेखक मञ्चका अध्यक्ष मधु केरुङ्ले विजयी कविहरुलाई शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा विशेष अतिथि संघीय लेखक मञ्च केन्द्रिय बरिस्ठ उपाध्यक्ष तथा कवि आदरणीय ब्यक्तित्व पुष्पहाङ लोरिङ्देन लोवा, पहिचानवादी कवि इक्साहाङ चेम्जोङ, संघीय लिम्बुवान मञ्च पाँचथरका पुर्ब अध्यक्ष तथा साहित्यकार सागर केरुङ, संघीय लेखक मञ्च नेपालका केन्द्रिय महासचिव साङ्सेन जितेन पन्धाक, संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाका नेताहरुको सहभागिता रहेको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमको संयोजन मलेसियाबाट लेखक मञ्च मलेसियाका अध्यक्ष तथा अनलाइन कविता प्रतियोगिताका संयोजक जनम लिङ्दमले गरेका थिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...