चुलाचुली अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

 लिम्बुवान न्युज
                       

दमक, ३ जेष्ठ । इलामको चुलाचुली गाउँपालिकामा लोकप्रिय मतका साथ नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केरुङ विजयी भएका छन् ।
केरुङले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका ओमनारायण खनाललाई फराकिलो २ हजार ८ सय ९५ मतले पछि पार्दै चुलाचुलीमा इतिहास रचेका हुन् ।

मत परिणाम सार्वजनिक भएपछि केरुङले आफ्नो फेसबुक वालमा लेखेका छन् – ‘२७ वर्षपछि ईलाम चुलाचुलीमा नेपाली कांग्रेसलाई बिश्वास गरेर बहुमत दिएर मतदान गर्नु हुने सम्पूर्ण चुलाचुली मतदाताहरुमा धन्यवाद । यो जित कुनै पनि पार्टीको नभएर सिङ्गो हामी सबै चुलाचुली नागरिकको जित भएको छ । कस्ले हार्यो‘ कस्ले जित्यो ..? त्यो समय अब सकियो हामी सबै मिलेर चुलाचुली बनाउने छौं ।’
पालिका अध्यक्षमा निर्वाचित केरुङले ६ हजार ६ सय ५० मत पाए भने एमालेका ओमनारायण खनालले ३ हजार ७ सय ५५ मत पाए ।

पालिका उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बू (योङहाङ) ४ हजार ४ सय ५० मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शुकबहादुर लावतीले ३ हजार ४ सय ४२ मत पाए ।

पालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादीका बीच चुनावी तालमेल भएको थियो भने वडाहरुमा दुवै दलका उम्मेद्वार चुनावी मैदानमा आमनेसामने थिए ।

६ वडा रहेको चुलाचुली गाउँपालिकाको पछिल्लो मत परिणामले कांग्रेस शक्तिशाली देखिएको छ । उसले ५ वटा वडामा विजय प्राप्त गरेको छ भने वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानले बाजी मारेको छ ।

कुन वडा कसले जिते ?

वडा नम्बर १ पूर्ण लावती ७५३ (संलोराम, लिम्बुवान)
वडा नम्बर २ लक्ष्मण श्रेष्ठ ८६७ (नेका)
वडा नम्बर ३ प्रेमकुमार श्रेष्ठ १०९८ (नेका)
वडा नम्बर ४ सागर जबेगू ८२९ (नेका)
वडानम्बर ५ बबिन राई ७०४ (नेका)
वडा नम्बर ६ दिलकुमार राई ८८९ (नेका)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...