मिक्लाजुङ गाँउपालिकाको अध्यक्षमा पुनः अमरराज माखिम विजयी

 लिम्बुवान न्युज
                       

पाँचथर, ३ जेठ । मिक्लजाजुङ गाँउपालिकाको अध्यक्ष नेकपा माओबादी केन्द्रका अमराज माखिम विजयी भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेद्धार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मतले हराउदै विजयी भएका हुन् । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार २६ मत मात्र प्राप्त गरे ।

माखिम मिक्लाजुङ गाउँपालिकाको निर्वतमान अध्यक्ष हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्मा ‘सन्तोष’ बिजयी भएका छन् । उनि एमालेकी धनमाया सारु मगरलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत हजार मत प्राप्त गरीन ।

८ वडा रहेको मिक्लाजुङमा वडा नम्बर ८ बाहेक सबै वडाहरु गठबन्धनका उमेद्धारहरुले जितेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...