झापाको कमल गाउँपालिकामा सहमति, भोलिबाट मत गणना गरिने

 लिम्बुवान न्युज
                       

दमक, ३ जेठ । झापाको कमल गाउँपालिकामा सोमबार रातिदेखि रोकिएको मतगणना पुनः सुरु गरिने भएको छ । भोलि बुधबारबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

मतगणनाको क्रममा एमालेले प्राप्त गरेको मतभन्दा धेरै जोडेको भन्दै गठबन्धनले गणना रोकेका थिए। प्रमुख जिल्ला अधिबारी छविलाल रिजाल, निर्वाचन कार्यालय झापाका प्रमुखसहित बसेको बैठकले भोलिबाट गणना सुरु गर्ने निर्णय गरेको हो। गणनामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतबाहेकका सबै कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ ।

’जिल्लाबाट कर्मचारी खटाएर गणना गर्ने सहमति भएको छ,’ नेपालले भने। कमल गाउँपालिकामा ३ वटा वडाको गणना सकिएको थियो। दुईवटा वडामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ। अध्यक्षमा गठबन्धनका हुकुमसिंह राई अगाडि छन् । निर्वाचन कार्यालयले अब यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएको अध्यक्षका प्रत्यासी हुकुमसिंह राईले बताए ।

’निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत आयोगले नै परिवर्तन गर्नुपर्ने रहेछ । उहाँहरूबाहेक बाँकी कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ,’ उनले भने,’ वडा नम्बर १ देखि ३ सम्मकै अंक रिटोटलिङ गर्ने सहमति पनि भएको छ ।’

गौरीगन्जमा सोमबार बिहानबाट गणना स्थगित छ । मतदान सकिएपछि गरिएको मुचुल्का र गणना गर्दाको मतपत्रमा संख्या नमिलेपछि कांग्रेसले अवरोध गरेपछि गणना स्थगित छ । त्यहाँ पनि सहमतिको प्रयास भइरहेको नेपालले बताए। यसअघि दुई दिनदेखि स्थगित भएको शिवसताक्षी नगरपालिकाको मत गणना पनि सुचारु भइसकेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...