प्रेस यूनियनको स्थापना दिवसमा ३३ पिन्ट रगत संकलन

 लिम्बुवान न्युज
                       


दमक, १३ जेठ । आज शुक्रवार दमकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको ३१ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ३३ जनाले रगतदान गरेको यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।

स्थानीय गणतन्त्रचौंकमा आयोजना गरिएको रक्तदानमा यूनियनका अध्यक्ष सुब्बासहित नेपाल विद्यार्थी संघ दमक नगर सभापति बिशाल अधिकारी, नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष गान्धी भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, नेपाल यातायात मजदुर संघ हलुका विारी चालक समितिका अध्यक्ष तुलसी प्रसाद दाहाल, अग्रज रक्तदाता ओमप्रकाश गौतम, सञ्चारकर्मीहरु नगेन्द्रमणी न्यौपाने, बिष्णु पौडेल, जीवन चुडाल ,रोममणी लामिछाने, सुजन केसी, बिष्णुभक्त लामिछाने लगायतले रगतदान गरेका थिए । रक्तदाता मध्ये अग्रज ओमप्रकाश गौतमले आज गरि ४२ औ पटक रगत दिएका छन् भने रक्तदाता प्रेस चौतारीका जिल्ला सदस्य जीवन र सुजन भने दम्पत्ती हुन् । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताए ।

दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगीना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा भएको रक्तदान शुभारम्भ कार्यक्रममा उपप्रमुख भटटराई, प्रेस चौतारी १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय तहको निर्वाचन लगायतको चुनावी गतिविधिका कारण रक्तदान प्रभावित भई कतिपय अस्पतालमा विरामीलाई रगत पाउन बाट समस्या हुदैआएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुब्बाले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । यूनियनको माइपश्चिम क्षेत्रीय समितिले पेशागत बृद्धिबिकास संगै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरु समेत सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...