
दमक/ दमकबाट चोरिएका मोटरसाइकलसहित दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
१३ जेठको बिहान २ बजे दमक ६ स्थित नेपालीरिका होटलमा पार्किङ गरि राखिएको सुमन खडकाको नाममा दर्ता रहेको मोटरसाइकल चोरी गरेर लगेको अवस्थामा पाँचथर तुम्वेवा गाउँपालिका वडा नं ५ का २२ बर्षिय चन्द्रकुमार योङया र २० बर्षिय सुरेन्द्र भनिने जिवन कुरुम्बाङलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मे ११ प ५५१२ नम्बरको १५० सि.सि.को सो पल्सर मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा जेठ ९ गते दमक ६ गायत्री बोर्डिङ स्कुल अगाडीबाट चोरिएको सविन राईको नाममा दर्ता रहेको प्र१–०१–१५प ८६९० नम्वरको १५० सि.सि. को पल्सर मोटरसाईकल समेत फेला पारिएको छ । सो मोटरसाइकल चोरीमा संलग्न गिरोहका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।