रेशम चौधरी जेल मुक्त

 लिम्बुवान न्युज
                       


काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी सोमबार छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यसपटक चौधरी सहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । रेशम चौधरी डिल्लीबजार कारगारबाट छुटेलगत्तै पुल्चोक हरिहर भवनस्थित मन्त्री क्वाटरमा पत्नी तथा मन्त्री रञ्जिता श्रेष्ठसँगै पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरी त्यस लगतै माइतीघर मण्डला पुगेर नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गरेर नेपालगञ्ज पुगेका थिए । चौधरीले आफ्नो पैत्रिक घर कैलाली पुगेर पार्टीका नेता कार्यकर्ता लगायतलाई सोमबार नै भेटघाट गरेका छन् । आज धनगढी काराकारमा कैद सजाय कटिरहेका राजबन्दीहरुसँग भेट्ने कार्यक्रम रहेको समेत बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताएका छन् । असाेज ३ गते सबै राजबन्दीहरूलाइ छुटाउने नाउपाले जनाएकाे छ ।

पार्टी संरक्षक जेलमुक्त भएकाे खुशीयालीमा नाउपाका नेता कार्यकर्ताहरूले विभिन्न स्थानमा साँझ राँकेजुलुस गरेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...