जेष्ठ १७ गते दखि प्रदेश १ मा आम हड्तालः अशाेक चेम्जाेङ प्रहरी हिरासतमा

 लिम्बुवान न्युज
                       

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का के. उपाध्यक्ष अशाेक चेम्जाेड लगायत २७ जना अझै प्रहरी हिरासतमा

दमक, १६ जेष्ठ । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ ।

समितिले जेष्ठ १५ गते प्रेस विज्ञप्ति जारी गर्दै  जेठ १४ गते शान्तिपूर्ण आन्दाेलनकाे क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरूलाइ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेष्ठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको हो ।

गत फागुन १७ गते छापामार शैलीमा प्रदेश १ काे नाम  जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि पहिचाबादीहरु आन्दोलनरत छ । आन्दोलनको क्रममा चैत्र ५ गतेकाे प्रदर्शनमा भएकाे प्रहरीदमनबाट टाउकाेमा गम्भीर चाेटलागेका  पदमकुमार लिम्बु ‘लाजेहाङ’ उपचारकाे क्रममा  निधन भइ सहिद भइसकेको छ ।

१४ गते आन्दोलनको क्रममा अादिवासी जनजाति महासंघ, जातीय संस्था तथा विभिन्न पार्टीका  ८६ जना  नेता कार्यकर्ताहरू गिरफतारीमा परेका थिए । ५९ जना १४ गते राती नै छुटेका थिए भने २७ जना छुट्न बाँकी रहेकाे समितिले जनाएकाे छ ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय उपाध्यक्ष अशाेक चेम्जाेङ सहित २७ जना प्रहरी हिरासतमा रहेका छन् । यसरी रहनु हुनेमा नाउपाकै केन्द्रीय सदस्य प्रयास बान्तवा राइ, पदम खेवाङ लिम्बु सहित खड्क लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभि लिम्बू,  नबीन पोमु, प्रदिप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, रोशन लिम्बू, छबिरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम रहेका छन्। उनीहरूलाइ वडा प्रहरी कार्यालय विराटनगरमा राखिएकाे समितिले जनाएकाे छ ।

पक्राउ परेका नेता कार्यकर्ताहरूलाइ झट्टा मुद्दा लगाउने षडयन्त्र भइरहेकाे हुँदा प्रदेशकाे नाममा असहमति जनाइ शान्तिपूर्ण प्रदेशबासी जनताहरूले गरिरहेकाे अान्दाेलनलाइ असफल बनाउने सबै खाले षडयन्त्रकाे विरूद्धमा संघर्ष समितिले थप कार्यक्रमहरू समेत गर्ने जनाएकाे छ । कार्यक्रममा सहभागी हुन अाउने बस तथा यातायातका साधनहरूलाइ १० ठाउँ चेकजाँच गरेर लाेकतन्त्रमा अधिकार माग्न समेत बन्चित गराउने, पानीकाे फाेहाेरा, अश्रु ग्याँस तथा हवाइ फायर गरी अान्दाेलन भड्काउने खाले कार्य अविलम्ब राेक्न प्रदेश सरकारसँग समितिले माग गरेकाे छ ।


यसैगरी आन्दोलनको क्रममा २० जना घाइते भएकाे संघर्ष समितिले जनाएकाे छ । घाइते हुनेहरूमा (१) गणेश मिभक, मिक्लाजुङ, मोरङ, (२) सन्जय राई, खोटाङ, (३) भवानीबिक्रम शेर्मा, शिवसतासी, झापा, (४) सोनाहाङ राई बिर्तामोड, झापा, (५) असोक घिमिरे, दमक, झापा, (६) विकेश राई, चुलाचुली, इलाम, (७) प्रकाश लिम्बू, इलाम, (८) सामी पालुङ्वा, अर्जुनधारा, झापा, (९) चन्द्र कुमार राई, धरान, सुनसरी, (१०) नरेन्द्र लिम्बू, कमल, झापा, (११) किरण लिङदेन, झापा, (१२) चन्द्र साँवा, अर्जुनधारा, झापा, (१३) मनकुमार थेगिम, माइ न.पा. इलाम, (१४) योगेन्द्र पाकसाँवा, छथर, तेह्रथुम, (१५) खडक योङहाङ, महमाइ, इलाम, (१६) भिमराज लिम्बू मेयङलुङ, तेह्रथुम, (१७) प्रदीप नेयोङ, धरान, सुनसरी, (१८) अर्जुन राई, सुनसरी, (१९) सन्जय कुमार राई, सुनसरी, (२०) विनोद राई, इटहरी सुनसरी र (२१) पदम खेवाङ, धरान सुनसरी रहेका छन् । खेवाङ अझै पनि प्रहरी हिरासतमा रहेका छन् । घाइतेहरूकाे उपचार भइरहेकाे र  सामान्य घाइतेभएकाहरूलाइ डिस्चार्ज गरिसकिएकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...