किरातीहरुले मनाउँदै उभौली

,   लिम्बुवान न्युज
                       


ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किरात जातीहरुमा रहेको छ ।

किरात रार्ई जातीहरुले साकेला उभौली, लिम्बु याक्थुङहरुले यक्वा तङनाम, सुनुवारहरुले जत्ना ष्याँदर र याक्खाहरुले युच्याङ् नामदिई यो पर्व मनाउने प्रचलन रहेको छ । जब गर्मी बढ्न थाल्छ यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने प्राकृतिक चलन रहेको इतिहास भेटिन्छ । त्यसैले यस पर्वलाई उभौली भन्ने गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । त्यसैगरी नदीनालामा रहने माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्ने समय पनि यहि रहेको उनीहरुको भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका किरातीहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती अन्न राम्रो फलोस् होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा किरात राईहरुले चण्डी नाँचसमेत नाच्ने गरेका छन् । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यसैगरी अन्य किराती जातीहरुले पनि आ–आफ्नो परम्परा अनुसारको नाचगान गर्ने चलन रहेको छ ।

हरेक चण्डीपूर्णेमा राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरि किराँत राई यायोक्खाले साकेला अर्थात चण्डी नाँच नाच्ने गरेको छ । त्यसैगरी सोही स्थानमा किरात याक्थुङ चुम्लुङ्ले पनि केलाङ सहित विविध कार्यक्रम गरि मनाउँदै आइरहेको छ ।

यसैगरी विशेष गरेर प्रदेश १ मा रहेको विभिन्न सांस्कृतिक स्थलहरुमा आजबाट जेष्ठको मसान्तसम्म विविध कार्यक्रम गरि यो पर्व मनाउने परम्परा रहेको छ । खोटाङ, भोजपुर, उदयपुर, सोलुखुम्बु, ओलढुंगा, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ्को सांस्कृतिक स्थलहरुमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र याक्खा छुम्माले आफ्नो जातीय परम्परा र सांस्कृकि परम्परा अनुसार यो पर्व मनाउने चलन रहेको छ ।

किरातीहरुले मार्गशिर्ष शुक्ल पूर्णिमामा उधौली र वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व यि दुई पर्वहरुलाई विशेष महत्वका साथ मनाउने प्रचलन रहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;