किरातीहरुले मनाउँदै उभौली

 लिम्बुवान न्युज
                       


ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किरात जातीहरुमा रहेको छ ।

किरात रार्ई जातीहरुले साकेला उभौली, लिम्बु याक्थुङहरुले यक्वा तङनाम, सुनुवारहरुले जत्ना ष्याँदर र याक्खाहरुले युच्याङ् नामदिई यो पर्व मनाउने प्रचलन रहेको छ । जब गर्मी बढ्न थाल्छ यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने प्राकृतिक चलन रहेको इतिहास भेटिन्छ । त्यसैले यस पर्वलाई उभौली भन्ने गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । त्यसैगरी नदीनालामा रहने माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्ने समय पनि यहि रहेको उनीहरुको भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका किरातीहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती अन्न राम्रो फलोस् होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा किरात राईहरुले चण्डी नाँचसमेत नाच्ने गरेका छन् । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यसैगरी अन्य किराती जातीहरुले पनि आ–आफ्नो परम्परा अनुसारको नाचगान गर्ने चलन रहेको छ ।

हरेक चण्डीपूर्णेमा राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरि किराँत राई यायोक्खाले साकेला अर्थात चण्डी नाँच नाच्ने गरेको छ । त्यसैगरी सोही स्थानमा किरात याक्थुङ चुम्लुङ्ले पनि केलाङ सहित विविध कार्यक्रम गरि मनाउँदै आइरहेको छ ।

यसैगरी विशेष गरेर प्रदेश १ मा रहेको विभिन्न सांस्कृतिक स्थलहरुमा आजबाट जेष्ठको मसान्तसम्म विविध कार्यक्रम गरि यो पर्व मनाउने परम्परा रहेको छ । खोटाङ, भोजपुर, उदयपुर, सोलुखुम्बु, ओलढुंगा, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ्को सांस्कृतिक स्थलहरुमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र याक्खा छुम्माले आफ्नो जातीय परम्परा र सांस्कृकि परम्परा अनुसार यो पर्व मनाउने चलन रहेको छ ।

किरातीहरुले मार्गशिर्ष शुक्ल पूर्णिमामा उधौली र वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व यि दुई पर्वहरुलाई विशेष महत्वका साथ मनाउने प्रचलन रहेको छ ।

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...