धिमाल समुदायकाे आस्थाकाे केन्द्रमा मनाेमानि नगर्न चेतावनी

,   लिम्बुवान न्युज
                       

माेरङ, कानेपाेखरी, २० वैशाख । कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेकाे कानेपाेखरीमा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले विराेध जनाएकाे छ । धिमाल समुदायकाे आस्थाकाे केन्द्र कानेपाेखरी (कानि बेराङ, धिमाल शक्तिशाली महिलाकाे अलिखित ईतिहास बाेकेकाे स्थल) मा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले शनिवार पत्रकार सम्मेलन गरि विराेध जनाएकाे हाे ।

कानेपाेखरी स्थित ग्रामथान परिसरमा आयाेजित पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा महाराजथान संरक्षणका लागि उपस्थित अभियन्ताहरुलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समेतले धम्किकाे भाषा प्रयाेग गरेकाे घटना प्रति पनि भर्त्सना गरिएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ “कानेपाेखरी धिमाल समुदायकाे आस्थाकाे केन्द्र हाे । धिमाल समुदायसँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अर्न्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य हो । धिमालहरूको धार्मिक, साँस्कृतिक मिथक तथा ऐतिहासिकता जोडिएको स्थललाई नामेट पार्ने स्थानिय सरकारको गैरजिम्मवार र हेपाहा प्रवृत्तीको घोर भर्त्सना गर्दछाै ।”

पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ति अधिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले बताए ।

कानेपोखरी महाराजथानकाे ईतिहास, संस्कृती, मिथकहरूलाई समाप्त पार्ने ध्येयका साथ गाउँपालिकाले कहिले कानकाे स्तम्भ बनाउने, कहिले विभिन्न ब्यवसायिक संरचना निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन पनि विज्ञप्ती मार्फत अनुरोध गरिएकाे छ । समुदायकाे अनुराेधलाई बेवास्था गरे थप संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने चेतावनी उनिहरुले दिएका छन् ।

पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिका सह अध्यक्ष केदार धिमाल, सचिव अजितकुमार धिमाल, सचिवालय सदस्य पम्फा धिमाल, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति, माेरङका उपाध्यक्ष भाेजविर माझी, थारु कल्याणकारीणी सभाका केन्द्रीय पार्सद लक्ष्मण चाैधरी, धिमाल जातीय विकास केन्द्र, जिल्ला समिति माेरङका अध्यक्ष ब्रेमलाल धिमाल, नेपाल आदिवासी जनजाति महासंघ, कानेपाेखरी गाउँपालिका समन्वय समितिका अध्यक्ष खुलु राजवंशी, सचिव कमला याेन्जन, धिमाल जातीय विकास केन्द्र, कानेपाेखरी गाउँपालिका समितिका अध्यक्ष राजकुमार धिमाल, धम्कुवा गाउँ टाेल समितिका अध्यक्ष जन्तलाल धिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसै सन्दर्भमा धिमाल जातिय विकास संस्थाले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कार्यकाे भत्सर्ना गरेकाे छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;