जारी-२ काे छायाँकन पान्थरमा शुरू

 लिम्बुवान न्युज
                       

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे ।

चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका पटकथा लेखन तथा निर्देशक उपेन्द्र सुब्बाले जनाएका छन् । यस चलचित्रकाे निर्मातामा राम बाबु गुरूङ् छन् ।

पुर्वी लिम्बु/याक्थुङ समाजमा रहेकाे विवाहित नारीले पुनः दाेस्राे विवाह गर्दा पहिलाे पतिलाइ दाेस्राे पतिले जारी तिर्नु पर्दा भाेगेका पिढादायी कथालाइ उत्कृष्ट कला मार्फत ‘जारी’ चलचित्र सुपरहिट थियाे साेही ‘जारी’को दोस्रो श्रृंखला ‘जारीःसङ् अफ च्इाब्रुङ’ (जारी-२) बन्न लागेकाे निर्देशक सुब्बाले बताए ।

डेढमहिनासम्म चल्ने छायांकन पाँचथरमा पुरै हुने निर्माणटिमले जनाएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई र मिरुना मगरलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

याे चलचित्रलाइ आगामी दशैंमा प्रदर्शन मिति तय गरिएको जनाइएकाे छ ।

चलचित्रकाे शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल र ऋचा शर्मा रहेका छन् । यसैगरी बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखु लगायतको पनि अभिनय हुने निर्देशक सुब्बाले बताए ।

घरेलु बक्सअफिसमा जारीले १७ करोडभन्दा धेरैको ब्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

‘जारी २’पछि बाँसुरी फिल्म्स ‘कबड्डी ५’को निर्माणमा जुट्ने निर्माता गुरूङले जनाएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...