माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

 लिम्बुवान न्युज
                       

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई तिब्रता दिने निर्णय गरेकाे हाे ।

माेर्चाका जिल्ला संयाेजक मा. राजकुमार नाल्बाेकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला समितिलाई चलायमान गर्न सचिवालय समिति समेत गठन गरिएकाे छ ।

सचिवालय समितिमा रवि मादेन (उर्लाबारी), हाङमा लिम्बू (पथरीशनिश्चरे), दिलकुमार लावती (मिक्लाजुङ), सुनिता थक्सु (मिक्लाजुङ), राजभक्त सङमी (मिक्लाजुङ), युवराज कुरुम्बाङ (कानेपाेखरी),  पुरन याक्खा (सुन्दरहरैचा), दुर्गानन्द चाैधरी (सुन्दरहरैचा) लाई मनाेनयन गरिएकाे सदस्य सचिव अजितकुमार धिमालले जानकारी दिनुभयाे ।

त्यस्तै जिल्ला संयाेजन समिति, माेरङकाे आर्थिक गतिविधिलाई व्यवस्थित रुपमा सन्चालन गर्न राजकुमार पापाे (मिक्लाजुङ) लाई आर्थिक विभागमा मनाेनयन गरिएकाे समेत उहाँले जानकारी दिनुभयाे ।

माेर्चाकाे जिल्ला स्तरिय अभियानका दाैरान नाे काेशी आन्दाेलन, मुक्कमलुङ आन्दाेलनका बिषयमा जनतालाई सचेत गराउदै आन्दाेलनमा सहभागी हुन अनुराेध गर्ने जिल्ला संयाेजक मा. राजकुमार नाल्बाेले जानकारी दिनुभयाे । नेपाल जनमुक्ति पार्टि, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, पहिचानवादी माेर्चा, नागरिक उन्मुक्ति पार्टि, प्रदेेश नं. १ समिति माेर्चाबन्दी भई संयुक्त पहिचानवादी माेेर्चा गठन गरेर राजनितिक रुपमा सकृय भईरहेकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...