दमकको मुख्य बजारमा ५ तले व्यवसायिक भवन बन्दै

 लिम्बुवान न्युज
                       

दमक, ५ जेठ । दमकको मुख्य बजारमा दमक नगरपालिका र नगर विकास कोषको लगानीमा ५ तले व्यवसायिक भवन धमाधम बनिरहेको छ ।

हालसम्म १८ प्रतिशत भौतिक प्रगति र १६ प्रतिशत आर्थिक प्रगति भइसकेको परियोजनाका कन्सल्टेण्ट किरण कुमार महतले प्रगति विवरण जानकारी गराउने क्रममा सो कुरा बताउनु भयो । दमकको इतिहास जोडिएको यो ठाउँमा बन्ने यो व्यावसायिक भवनले दमकको पहिचानलाई बदल्ने अपेक्षा गरिएको छ ।

यदि नियमित काम भयो भने अबको ९ महिनापछि दमकस्थित पुरानो सुनचाँदी लाइनमा भव्य व्यावसायिक महल निर्माण भइसक्ने छ । ४३ करोड लागतमा बन्ने भवन सुविधायूक्त ५ तलासम्मको बन्ने छ ।

दमकको इतिहास जोडिएको यो ठाउँमा बेग्लै पहिचान थियो । खासगरी व्यावसायिक चलायमान गराउन र दमकलाई व्यावसायिक हब बन्ने हिसाबको इतिहास थियो । तर त्यसको नामोनिसान मेटाएर यहाँ दमक नगरपालिकाले ऋण लिएर सपिङ कम्प्लेक्स बन्न थालेको छ । यसले दमकका व्यवसाय चलायमान बनाउन मद्धत पुर्‌ाउने वडा नं ७ का वडाध्यक्ष भीम पौडेल विश्वास व्यक्त गर्नुहुन्छ ।

लामो समयको बिवाद र मुद्धा मामिला समेत झेलेर यो ठाउँमा सपिङ कप्लेक्स बन्न लागेको हो । यसले दमकको व्यवसायलाई चलायमान बनाउने र दमकलाई आधुनिक सहरमा प्रवेश गराउन मद्यत गर्ने नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले उल्लेख गर्नु भएको छ । सोमबार यसको भूमि पूजन गरिएको छ ।

यदि यो परियोजनाको काम गर्दा समयमा भुक्तानी भयो र कुनै रोकावट नभएमा निर्धारीत समय भन्दा पनि अगावै निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षका माधवप्रसाद चौलागाईंको भनाइ छ ।

यो परियोजना निर्माण गर्न ४३ करोड २४ लाख १६ हजार ६ सय ४४ बजेटमा ठेक्का लागेको छ । २०८१ भदौ ९ गते परियोजना निर्माणको काम प्रारम्भ भएको थियो । अव ९ महिनापछि अर्थात २०८२ पुस २४ गते सम्ममा निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । काम गर्न काठमाडौमा रहेको नव सिर्जनशील बंगलामुखी जेवीलाई ठेक्का दिइएको छ ।

तस्वीरः उज्यालाे खबरबाट ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...