मेचीनगरमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा तेजबहादुर कन्दङवा

 लिम्बुवान न्युज
                       


दमक, ८ जेठ । संयुक्त पहिचानवादी मोर्चाको मेची नगरपालिका समिति गठन भएको छ । बिहिबार मेचीनगरमा भएको कार्यक्रममा तेजबहादुर कन्दङवाको संयोजकत्व्मा २३ सदस्यीय मोर्चा गठन गरिएको हो ।

उक्त कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, सन्तोष योङ्या, मान्धोज लिम्बु र बमबहादुर योङया त्यसैगरी सदस्य सचिवमा याम बहादुर साउदेन चयन भएका छन् ।

साथै उक्त कार्यक्रमबाट सदस्यहरू अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेश माया सुहाङ, आइन्द्र सेलिङ, सुम्निमा लावती चयन भएको जनाइएको छ । यसैगरी सो कार्यक्रमबाट सल्लाहकारहरुमा आरबि पालुङवा, चन्द्र लिम्बू, टीका इधिङगो, कृष्ण धुमी राई, मैनराज लिम्बू बोखिम र विरकुमार लिम्बूलाई चयन गरिएको जिल्ला सहसंयोजक कालीबहादुर खेवाङले बताउनु भयो ।

कार्यक्रममा मोर्चाका संघीय सदस्यहरु भक्त खेवाङ, अशोक चेम्जोङ, लासिम पालुङवा, एलबी पालुङ्वा, अग्निमाया मेचे, शर्मिला आङदेम्बे लगायत नेताहरुले नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै पहिचानको राजनीतिलाई एकीकृत शक्ति निर्माण गर्दै आगामी केही महिनाभित्र नयाँ सन्देश विश्वमाझ जानेगरी राजनीतिक दल निर्माण हुने र प्रदेश १ को नाम कोशी खारेजी आन्दोलनसँगै तेस्रो जनआन्दोलनको जगबाट देशव्यापी सबै खाले विभेद र अधिकारको लागि आन्दोलनमा उत्रने जनाएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...